साओमीले घटायो ४ स्मार्टफोनको मूल्य, हेर्नुस् कुन मोडलको मूल्य कति ?

0
391

चिनिया मोबाइल कम्पनि साओमीले नेपाली बजारमा केहि स्मार्टफोनहरुको मूल्य घटाएको छ । साओमी नेपालले गत बुधवारदेखि लागु हुने गरि नेपाली बजारमा ४ वटा स्मार्टफोनको मूल्य घटाएको हो ।

कम्पनीले रेडमी सिक्स ए, रेडमी सिक्स, एम टू लाइट, रेडमी नोट ५ एआईको मूल्यमा कटौती गरेको हो ।

कम्पनीले यस भन्दा अघि १२ हजार ९ सय ९९ रुपैया पर्ने रेडमी सिक्स ए मा १ हजार रुपैयाँ घटाएर नयाँ मूल्य ११ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।

त्यसैगरि यस भन्दा अघि १६ हजार ४ सय ९९ पर्ने रेडमी सिक्सको ३ जीबी र्याम र ३२ जीबी स्टोरेजमा १ हजार रुपैयाँ घटाएर १५ हजार ४ सय ९९ रुपैयाँ कायम गरेको छ ।

साओमीले यस भन्दा अघि २० हजार ९ सय ९९ रुपैया पर्ने एम टू लाइटको ३ जीबी ३२ जीबी स्टोरेजको मूल्यमा एक हजार रुपैयाँ घटाएर १९ हजार ९ सय ९९ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै रेडमी नोट ५ एआईको ३ जीबी र्याम र ३२ जीबी स्टोरेजमा १ हजार ५ सय रुपैयाँ घटाएर २१ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ, यस अघि यसको मूल्य २३ हजार ४ सय ९९ रुपैया पर्दथ्यो, यसै गरि कम्पनीले रेडमी नोट ५ एआईको ४ जीबी र्याम र ६४ जीबी स्टोरेजको मूल्यमा १ हजार रुपैयाँ कटौती गर्दै २६ हजार ४ सय ९९ रुपैयाँ तोकेको छ, यस अघि यस फोनको मूल्य २७ हजार ४ सय ९९ रुपैया रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here