यस्तो छ शायोमिको सबै भन्दा सस्तो फोन REDMI GO

0
72

रेड मि गो नेपालमा केहि समय अघि लन्च भएको फोन हो, सओमिले नेपालमा सबै भन्दा सस्तो मुल्यमा उपलब्ध गराएको यो फोनमा एन्ड्रोइड गो अपरेटिंग सिस्टम रहेको छ, यसैले यसको नाम पनि रेडी मि गो रहेको छ ।
गो अपरेटिङ सिस्टम हल्का छ, यो कम र्याम र कम स्टोरेज मा पनि सजिलै चल्छ।

रेड मि गो स्मार्टफोनमा पोलिकर्बोनेट बडी छ , हेर्दा यो निक्कै राम्रो देखिन्छ, नेपाली बजारमा यसको अधिकतम बिक्रि मूल्य ८ हजार ९ सय ९९ रहेको छ।

यसमा भोलुम बटम र पावर बटम एक साइडमा रहेको छ भने अर्को साइडमा दुइ वटा सिम ट्रे रहेको छ, पहिलो ट्रेमा एउटा नानो सिमकार्ड राख्न मिल्छ भने दोस्रोमा माइक्रो एस डी कार्ड र एउटा नानो सिमकार्ड राख्न मिल्छ र दुवै सिममा फोरजी पनि चल्छ।

फोनको माथिल्लो भागमा ३.५ एम एम अडियो ज्याक छ त्यस्तै तलतिरको भागमा स्पिकर, चर्जिंग पोर्ट र माइक रहेको छ ।

यसमा ५ इन्च को HD डिस्प्ले छ, त्यस्तै यसमा १.४ गेगहर्जको क्वाल्कम को स्न्याप ड्रयागन ४२५ प्रोसेसर रहेको छ , यसमा १ जीबी र्याम र ८ जीबी इन्तार्न्ल स्टोरेज रहेको छ, तपाईहरुलाइ स्टोरेज कम भयो भन्ने लागेको छ होला, यसमा फोनमा एन्ड्रोइड गो अपरेटिंग सिस्टम रहेकोले गो एडिसनका एपहरु इन्स्टल हुन्छन जसले अरु एप् भन्दा लगभग आदि मेमोरी लिन्छन र दुइ सिम कार्ड संगै माइक्रो एसडी कार्ड स्लट पनि भएकोले मोरी कार्ड प्रयोग गरि स्टोरेज बढाउन पनि सकिन्छ ।

यसमा ३ हजार एम एम एच को ब्याट्री राखिएको छ । कम मुल्यमा फोन लिन चाहनेहरुलाई यो स्मार्ट फोन राम्रो बिकल्प देखिन्छ ।

सायोमिको फोनमा क्यामेराहरू भने राम्रो रहन्छ । यसमा ८ मेगापिक्सलको रियर क्यामेरा छ भने सेल्फिको लागि ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ ।

१ जीबी र्याममा पनि यसको क्यामरा निकै फास्ट चल्छ, फोटो क्वालिटी पनि ठिकै छ ।

तपाइलाई यो फोन कस्तो लग्यो, यस फोन को बारेमा तपाइलाई थप केहि जान्न मन छ भने कृपया कमेन्ट गर्नुहोस, भिडियो हेर्नुहोस र भिडियोलाई लाइक र शेयर पनि गर्नुहोस र यदि तपाइँहरुले हाम्रो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने कृपया सब्सक्राइब गर्नु होला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here