स्मार्टफोन ट्रिक्स : के तपाइको मोबाइलको प्याटर्न बिर्सियो? यस्तो गर्नुहोस

0
194

हिजो आज मोबाइल प्रयोगकर्ताहरुले आफ्नो फोनको सुरक्षामा धेरै ध्यान दिने गर्दछन, आफ्नो फोन सजिलै अरुले चलाउन नसकोस भनेर आफ्नो फोनमा प्याटर्न वा पिन लक राख्ने गर्दछन । तर कतिपय पटक यस्तो हुन जान्छ कि आफुले राखेको पिन वा प्याटर्न लक भुलिन्छ ।

यसरि फोनको सुरक्षाको लागि राखिएको लकले हामीलाई निक्कै ठुलो समस्यामा पारिदिन्छ । यहि समस्या बाट छुटकारा पाउनको लागि आज हामी तपाईहरुलाई यस्तो उपायहरुको बारेमा जानकारी गराउदै छौ जसले तपाइले आफ्नो फोनमा रहेको फोनको लक सजिलै हटाउन सक्नु हुन्छ ।

१ एण्ड्रोइड डिभाइस म्यानेजर

प्याटर्न वा पिन लक बिर्सेपछी त्यसलाई सजिलै हटाउनको लागि एण्ड्रोइड डिभाइस म्यानेजरको मदत लिन सकिन्छ । आफ्नो फोनमा राखिएको जिमेल वा गूगलको अकाउन्ट संग एण्ड्रोइड डिभाइस म्यानेजर लिंक भएको हुन्छ । यसै एकाउन्टबाट एण्ड्रोइड डिभाइस म्यानेजरको मदतले तपाइले आफ्नो फोनमा राखिएको पासवोर्ड, पिन वा प्याटर्न बदल्न सक्नु हुन्छ ।

त्यसको लागि तपाइले आफ्नो कम्प्युटरमा गूगलको यो वेबसाइट खोलेर ( https://www.google.com/android/find) त्यसमा फोनमा राखिएको गूगल/जिमेल अकाउन्टबाट साइनइन गर्नुहोस ।
अब त्यहाँ तपाइको फोन देखा पर्छ र तपाइले सेक्युरेटी लक परिवर्तन गर्न सक्नु हुन्छ । यसको लागि तपाइको फोनमा इन्टरनेट भने कनेक्ट हुनु पर्दछ ।

२. फरगट प्याटर्न/ पास्वोर्ड/ पिन

आफ्नो मोबाइलमा राखिएको प्याटर्न बिसिर्यो भने फरगट प्याटर्न अप्सनमा क्लिक गरेर आफ्नो गूगल अकाउन्ट डिटेल ( जिमेल आइडी र पासवोर्ड )राखेर पनि बिर्सिएको प्याटर्न परिवर्तन गर्न सकिन्छ ।

३. फ्याक्ट्री रिसेट

प्यार्टन लक् अनलक गर्ने सबै भन्दा सजिलो तरिका हो फ्याक्ट्री रिसेट । तर यसो गर्दा फोनमा भएका सबै डाटाहरु भने डिलेट हुन्छन । आफ्नो फोनलाई स्विच अफ गर्नुहोस । अब भोलुम अप बटम, होम बटम र पावर बटम एक्कै साथ थिच्नुहोस । केहि समय पछि स्क्रिनमा केहि बिकल्पहरु देखिने छन् ।त्यसमध्ये फ्याक्ट्री रिसेटको अप्सन छान्नुहोस् र सजिलैसंग प्याटर्न लक परिवर्तन गर्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here