लेनोभोले ल्यायो २५ घण्टा ब्याट्री ब्याकअप दिने ल्यापटप, कति पर्छ त मूल्य ?

0
148

चाइनिज मल्टीनेसनल टेक्नोलोजी कम्पनि लेनोभोले २५ घण्टा ब्याट्री ब्याकअप दिने ल्यापटप सार्बजनिक गरेको छ । बर्लिन भएको युरोपको ठुलो टेक्नोलोजी इभेन्ट आइएफए-२०१८ मा लेनोभोले २५ घण्टा ब्याट्री ब्याकअप दिने ल्यापटप सार्बजनिक गरेको हो ।

LENOVO YOGA C630 WOS नामक यो ल्यापटप विश्वकै पहिलो ल्यापटप हो जसमा Qualcomm ले डिजाइन गरेको Snapdragon 850 चिप संग विन्डोज १० को प्रयोग गरिएको छ ।

Qualcomm  चर्चित मोबाइल चिप निर्माता कम्पनि हो ।

Yoga C630 WOS मा १३ इन्चको Full HD IPS टचस्क्रिन रहेको छ । Snapdragon 850 चिपको प्रयोग गरिएको यस ल्यापटपमा ओएस भने विन्डोज टेन रहेको छ ।

Yoga C630 WOS १२५.५ एम एम मोटो छ भने यसको तौल १.२ किलो छ । यो ल्यापटपको स्क्रीन पुरै पछाडी लैजान सकिने छ र यसलाई ट्याब्लेट रुपमा पनि प्रयोग गर्न मिल्नेछ ।

Yoga C630 WOS ४ जीबी र ८ जीबी र्याम र १२५ जीबी र २५६ जीबी स्टोरेजको अप्सनमा उपलब्ध हुने बताइएको छ ।

Yoga C630 WOS मा 4.5 G/ LTE कनेक्टिभिटि अप्सन पनि उपलब्ध छ जसले गर्दा इन्टरनेट चलाउन पब्लिक वाइफाईमा भरपर्नु पर्ने अबस्थालाई अन्त्य गर्दछ ।

त्यस संगै यस ल्यापटपमा वाइफाई, ब्लुटूथ ५.०, हेडफोन ज्याक, दुइवटा USB-C ports( जसमध्ये एउटा भने चार्जिंगको लागी प्रयोग हुने छ ) सिम कार्ड राख्ने होल्डर उपलब्ध छन् भने अहिले हामीले प्रयोग गरिरहेको नर्मल युएसबी पोर्ट (USB-A), HDMI भने यसमा उपलब्ध हुने छैन ।

यस ल्यापटपको दायाँ साइडमा पावर बटम अडियो ज्याक, युएसबी टाइप सी पोर्ट  रहेको छ ।

त्यस्तै बायाँ साइडमा सिमकार्ड स्लट र युएसबी पोर्ट टाइप सी रहेको छ ।

यो ल्यापटप कहिले देखि बजारमा उपलब्ध हुनेछ भन्ने बारे कम्पनीले ठ्याकै मिति नतोके पनि २०१८ को नोभेम्बर बाट बजारमा उपलब्ध हुने बताइएको छ र यसको मूल्य ८५० डलर ( ने रु : झन्डै १ लाख )पर्ने बताइएको छ ।

Lenovo Yoga C630 WOS: Specs

  • Windows 10 S or Pro
  • 13.3-inch FHD (1920 x 1080) touch display
  • Qualcomm Snapdragon 850 processor
  • 4GB or 8GB RAM
  • 128GB or 256GB storage
  • 2x USB-C 3.1
  • 3.5mm headphone jack
  • Windows Hello compliant fingerprint reader
  • Camera
  • Bluetooth 5.0
  • 12.5mm x 307mm x 216mm
  • 1.2kg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here